कसौधन महिलाका लागि एक दिने उद्घोषण तालिम

by समतल अनलाइन

बुटवल । कसौधन महिला समिति बुटवल रुपन्देहीले आफ्ना सदस्यहरुका लागि एक दिने उद्घोषण तालिम दिएको छ । कसौधन महिला समितिमा आवद्ध महिला सदस्यहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि समितिले एक दिने उद्घोषण तथा भाषण कला तालिम दिइएको हो । कसौधन महिला समितिका अध्यक्ष निलम कसौधनको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधनले महिलाहरुलाई अगाडि बढ्न र उनीहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि तालिम आवश्यक भएको बताउनुभयो ।

उहाँले कसौधन महिलाहरुलाई समाजिक घुलमिलनसँगै बोल्ने कलाको विकास गर्न समय–समयमा तालिम आयोजना गरिएको समेत जानकारी दिनुभयो । महिला समितिका उपाध्यक्ष पुजा कसौधनको संचालन, कोषाध्यक्ष पुनम कसौधनको स्वागत तथा पुर्व अध्यक्ष सिता गुप्ता कसौधनको आतिथ्यतामा भएको कार्यक्रममा उद्घोषकको भुमिका, उद्घोषण कला, उद्घोषकको ब्यक्तित्व, भाषण गर्ने तथा कार्यक्रम संचालनको शैली लगायतका विषयमा छलफल गरिएको थियो । पत्रकार झविन्द्र देवकोटाले प्रशिक्षण दिनु भएको तालिममा कसौधन महिला समितिका एक दर्जन सदस्यहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like