नेप्से परिसूचक घटेर १९७३ अंकमा कायम, कारोबार ९० करोड ९९ लाखमा खुम्चियो

by समतल अनलाइन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम भएको छ ।

कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर छ । सोमबार बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स ९.८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बिमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे ।

उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे । मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । रुरुको सबैभन्दा धेरै ६.५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम क्रमशः अगाडि छ ।

 
 
  
 

You may also like