बुटवलमा खुल्यो पिज्जा हट र के.एफ.सीको शाखा

by समतल अनलाइन

बुटवल ।बुटवलमा प्रख्यात फुड चेन ब्रान्ड के.एफ.सी र पिज्जा हटको बुटवलमा पहिलो शाखा बिस्तार गरेकोे छ पिज्जा हटका शाखा बिस्तार  फुड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जा हटले चौथो शाखा विस्तार गरेको हो ।बुटवलमा पहिलो पटक शाखा विस्तार गरिएको हो ।

विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेष्टका रुपमा परिचित रहेको के.एफ.सी. रेस्टरेन्ट बुटवल उपमहानगर पालिका वडा न ८. सख्खानगर भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको छ ।

यसै गरि विश्वमै सवै भन्दा स्वादिष्ट पिज्जा उपलब्ध गराउने ब्रान्डमा पिज्जा हट रेस्टरेन्ट मानिन्छ । यस आउटलेटमा के एफ.सि.का विभिन्न चिकेन परिकार जस्तै मोस्ट्रार्ड क्रेप्सी, चिकेन पपकन, चिकेन स्ट्रीप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने जनाइएको छ ।

पिज्जा हटको आज रास्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाका केन्द्रिय सदस्य मृग्न्द्र कुमार शेरचनले उदघाटन गरेका छन ।शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिनेछ । के.एफ.सी र पिज्जाहट दवै रेस्ट्रेन्टले आफना गाहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड-१९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छन ।

जसका लागी ५ प्रकारका सरक्षा मापदण्डहरु स्वच्छता, जांच, सामाजिक दी, कन्ट्याटलेस सेवा र शत प्रतिसत खोप लगाएका कर्मचारी सहितका मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

के एफ सी तथा पिज्जा हटका कर्मचारीहरुले हरेक गाहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गाहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी विच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ व्यवस्थित गरिएको छ ।

दुवै रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन-इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिने भोज डिलका ब्रान्च म्यानेजर नेहा अग्रवालले जानकारी दिइन । दुवै रेस्टुराहरु देवयानी इन्टरनेशनल नेपाल प्रा लि.ले सञ्चालमा ल्याएको हो । कम्पनीले रेष्ट्रा मार्फत २६ जना स्थानिय कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ ।

 
 
  
 

You may also like