वक्तृत्वकलाको उपाधि स्कलर्स होमकी सचिना पन्थीलाई

by समतल अनलाइन

बुटवल । नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखाले आफ्नो ६० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरिय प्रगियोगितामा बुटवल कालिकानगरस्थित स्कलर्स होम मा.वि.ले उपाधी हात पारेको छ। स्कलर्स होममा अध्ययनरत छात्रा सचिना पन्थि प्रथम भएकी हुन ।

त्यस्तै द्वितीय ग्रिन प्लाट ई.बो.स्कूल, देवदहका आर्यन धमला, तृतीय स्थानमा नवज्योति ई.बो.स्कूल, मणिग्रामको जविक पाठक र न्यू ईनभारमेन्ट मा.वि., मणिग्रामको अनुष्का पन्थ तथा बुद्ध पब्लिक मा.वि., देवदहको आशिष भट्टराईले प्रोत्साहन पुरस्कार प्राप्त गरेका हुन।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपालको विशिष्ट आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाका महासचिव कृष्ण पंगेनी, जिल्ला उप–सभापति दिपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य एवं जुनियर तथा युवा समितिका संयाेजक अर्जुनराज उपाध्याय, मणिग्राम उप–शाखा सभापति टेकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

वक्तृत्वकला प्रतियोगिताको प्रमुख निर्णायकको जिम्मेवारी वनमाली निराकार, निर्णायकको जिम्मेवारी डा. शम्भुप्रसाद गुप्ता र दलबहादुर थापाले निर्वाह गरेका थिए।

भदौ १३ गतेबाट शाखा स्तरीय , १६ गते अन्तर शाखामा छनौट हुँदै आइतबार फाइनल भएको हो । स्कलर्स होम सुरुदेखी फाइनलसम्म प्रथम भएको थियो।

 
 
  
 

You may also like