सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन कार्यदलको बैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक आज (सोमबार) पनि बस्दै छ । आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज बस्न लागेको हो ।

कार्यदलको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
कार्यदलको बैठक आइतबार (हिजो) पनि बसेको थियो । तर, लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी नछाडेपछि कार्यदलले सिट बाँडफाँट टुंगोमा पुर्‍याउन नसकेको हो । कार्यदलले सबैलाई न्यायोचित हुने गरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

 
 
  
 

You may also like