म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई हरायो

by समतल अनलाइन

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।
गए राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।

युनाइटेडका लागि मार्कस रासफोर्डले दुई गोल गरे भने एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका लागि बुकायो साकाले एक गोल गरे ।

जितसँगै अङ्क तालिकाको पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १२ अङ्क भएको छ । आर्सनल १५ अङ्कसहित शीर्ष स्थानमा नै छ । यस्तै गए राति नै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । जितपछि १३ अङ्क जोडेको ब्राइटन तालिकाको चौथो स्थानमा छ । एक अङ्क मात्र जोडेको लेस्टर २०औं स्थानमा छ ।

 
 
  
 

You may also like