प्रतिनिधिसभाको लागि गुल्मी–१ बाट प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार

by समतल अनलाइन

गुल्मी ।गुल्मी–१ बाट नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले गुल्मीको आइतवार बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुल्मी–१ बाट नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित चार जनाको नाम सिफारिस गरेको छ । ज्ञवालीले र भण्डारीबीच यो क्षेत्रमा लामो समयदेखि प्रतिष्पर्धा हुँदै आइरहेको छ । २०७४ मा यो क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए भने, २०७० मा ज्ञवालीलाई हराउँदै भण्डारीले जित निकालेका थिए ।

२०७४ सालको चुनावमा एमालेका प्रदीप ज्ञवाली गुल्मी १ बाट ३७ हजार ८१४ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए।

गत वैशाखमा भएको स्थानिय चुनावमा गुल्मी १ मा एमालेका वडाध्यक्षहरुको कुल मत ३५ हजार ७०१ थियो।

कांग्रेसका वडाध्यक्षको ३१ हजार २९२, माओवादी केन्द्रको ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको १ हजार ६०० र एकीकृत समाजवादीको ४९७ रहेका छ। एमालेको भन्दा गठबन्धनका वडाध्यक्षका उम्मेद्वारको मत साढे २ हजारले बढी छ।

 
 
  
 

You may also like