पत्रकार भुसाल र सहित्यकार निराकार कुश्माखर ट्रष्ट अवार्डबाट सम्मानित

by समतल अनलाइन

बुटवल ।लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सैनामैनाको कुश्माखर ट्रष्टले पत्रकारिता,साहित्य र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान दिने तीन जनालाई सम्मान गरेको छ ।

श्रोत केन्द्रको दसौं बार्षिक साधारण सभा तथा पन्ध्रौं पुस्तकालय दिवशको अबसर पारेर शनिबार एक कार्यक्रमका बिच पत्रकारिता,साहित्य र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने तीन जनालाइ कुश्माखर ट्रष्ट अवार्ड ( Kt-award) प्रदान गरीएको हो । पत्रकारिता क्षेत्रबाट नागरिक दैनिक पत्रीकाको लुम्बिनी प्रदेश संयोजक रेखा भुसाल,साहित्य क्षेत्रबाट साहित्यकार वनमाली निराकार र स्वास्थ्य क्षेत्रबाट हेमराज पन्थीलाइ सम्मान गरीएको हो ।

सैनामैनाको बाँसगढीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाह,सैनामैनाका नगरप्रमुख फणिन्द्र शर्मा, संस्थाका अध्यक्ष गोपाल भण्डारी,ट्रष्टका संयोजक युवराज काफ्ले लगायतले नगद पुरस्कार सहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन । त्यसैगरी सैनामैना क्षेत्रमा स्थापना भइ समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने साझा टिभी,एचडिलाइ पनि सम्मान गरीएको थियो ।

सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्वमन्त्री तथा सांसद शाहले पत्रकारिता,साहित्य र स्वास्थ्य क्षेत्र समाजका हरेक क्षेत्रसंग प्रत्यक्ष जोडीने भएकाले समाजलाइ सहि दिसा दिन महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सैनामैनाका नगर प्रमुख फणिन्द्र शर्मा, पुस्तकालयका अध्यक्ष भण्डारी, पुर्व अध्यक्ष तथा ट्रसका संयोजक काफ्ले लगायतले सुभकामना दिनुभयो । सोही अबसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ छात्रबृत्ति र सहिद परिवारका सदस्यलाइ सम्मान गरीएको थियो ।

 
 
  
 

You may also like