अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ । प्रधानन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार नियमित परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।

यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएको थियो ।

सिंगापुरमा उपचार गराए आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।

मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए ।

त्यहाँ उनको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

 
 
  
 

You may also like