प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

by समतल अनलाइन

डडेलधुरा। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आउँदो निर्वाचनका लागि गृह जिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निणर्य गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् ।

यस्तै डडेल्धुरा ‘क’ बाट कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद र ‘ख’ बाट सुदूरपश्चिम सरकारका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा सिफारिस भएका छन् ।

 
 
  
 

You may also like