कसौधन महिलाले मनाए तीज मिलन कार्यक्रम

by समतल अनलाइन

बुटवल । कसौधन महिला समिति बुटवल रुपन्देहीले हिन्दु नारीहरुको महापर्व हरितालिका तीजको अवसरमा तीज मिलन तथा दिदीवैनी भेटघाट कार्यक्रम गरेको छ ।

कसौधन समितिमा आवद्ध महिला तथा अन्य समुदायका महिलाहरुबीचमा तीजको खुशीयाली आदान प्रदान गरेर तीज मिलन कार्यक्रम गरेको हो । कसौधन महिला समितिका अध्यक्ष निशा कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य तथा जिल्ला परिषद् अध्यक्ष अम्बिका पौडेल क्षेत्रीले विभिन्न धर्म संस्कृति तथा भाषाभाषी रहेको हाम्रो मुलुकमा तीजको मौलिकताले पनि महिला नारीहरुलाई एकताको शुत्रमा बाध्न सफल भएको बताउनुभयो । उहाँले तीज विशेष जाती धर्मको पर्व नभएर सबै महिलालाई एकै स्थानमा रमाईलो गर्न र उभ्याउन सफल भएकाले यसको मौलिकतालाई हराउन नदिन सुझाव दिनुभयो ।

महिला समितिका महासचिव आशा कसौधनको संचालन तथा कार्यक्रम संयोजक शिल्पी कसौधनको स्वागतमा भएको कार्यक्रममा कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधन, महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधन, पुर्व अध्यक्ष सिता गुप्ता कसौधन, निवर्तमान अध्यक्ष पुनम कसौधन, सल्लाहकार अनिश कसौधन, युवा समितिका अध्यक्ष राकेश कसौधन लगायतले तीजको शुभकामना ब्यक्त गर्नु भएको थियो । महिला समितिका उपाध्यक्ष पुजा कसौधनको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको अवसर पारेर आयोजना गरिएका विभिन्न नृत्य प्रतियोगितामा सहभागि कसौधन समाजका बालबालिका तथा अन्यलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

 
 
  
 

You may also like