बुटवल उवासंघमा साधारण सभाको मिति तय ः तयारीको लागि जिम्मेवारी प्रदान

by समतल अनलाइन

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा गर्ने मिति तय गरिएको छ । साधारण सभा तयारीको लागि विषयगत रुपमा कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।

सोमबार बसेको कार्यसमिति बैठकले यहि भदौको २७ गते संघको ६९ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरिएको हो । साधारण सभा तयारीका लागि विभिन्न उपसमितिमा संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले हल तथा मञ्च व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिष्ट्रेसन व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य नरेशकुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्रस्ताव लेखनको जिम्मेवारी कार्यसमिति सदस्य प्रतीक पोखरेल, खाना तथा जलपान व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य आनन्द वझा, स्वागत तथा व्याच व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य जमुना पौडेल, सदस्यता मत सर्वेक्षणको जिम्मेवारी कार्यसमिति सदस्य संजय कलवार जयसवाल र निमन्त्रणा कार्ड व्यवस्थापनको जिम्मेवारी कार्यसमिति सदस्य नेत्रप्रसाद पाण्डेलाई प्रदान गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकमा महासचिव तथा कोषाध्यक्षले प्रस्तुत गर्ने वार्षिक तथा आर्थिक प्रतिवेदन उपर छलफल गरिएको छ । बैठकमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले सुझाव सल्लाह राख्नुभएको थियो ।

 
 
  
 

You may also like