कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like