मिना ढकाल , बुटवल । श्रीकृष्ण जन्माष्टमीको अवशरमा बुटवल ५ स्थित राधाकृष्ण मन्दिरमा बिभिन्न कार्यक्रमको आयोजना गरि श्रीकृष्ण जन्माष्ठमी उत्सव मनाईने भएको छ । तिनाउ किनारमा रहेको सो राधाकृष्ण अमर किर्तन मन्दिरमा श्रीकृष्णको जन्म, बिभिन्न धार्मिक नृत्यहरु, प्राचिन झाँकीहरु र रथयात्रा समारोहको आयोजना गरिने भएको छ ।
भगवान श्रीकृष्णको जन्मदिनमा बिशेष पुजाआजा गरिनुका साथै हरेक वर्ष विभिन्न झाँकी र रथयात्रासहितका कार्यक्रमहरुको आयोजना गर्दै आएको मन्दिर समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए । आज मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरि सँधै जस्तो यस वर्षपनि हजारौं दशनार्थीहरुले कृष्ण मन्दिरमा अवलोकन गर्ने बताउदै परापूर्व कालदेखि नै यस मन्दिरको विशेष महत्व रहेको उनले बताए ।
सो अवशरमा बोल्दै मन्दिर व्यवस्थापन समितिका सल्लाहकार जीवनप्रसाद ओझाले पुरानो खस्यौली बजारमा रहेको कृष्ण मन्दिरलाई व्यवथित गर्दै २०१२ सालमा बुटवल ५ नेपालगञ्ज रोडमा मन्दिर बनाएर पुजा शुरु गरिएको थियो । तत्कालिन समयका पुजारी समेत रहेका हरेराम बाजेले स्थापना गरेको सो मनिदरमा पछि राजा महेन्द्रले मूर्ति स्थापना गर्न भनि सुझाव दिएपछि मन्दिरमा मुक्ति स्थापना गरिएको पंण्डित कपिल अधिकारीको भनाई छ ।
हरेक वर्ष गरिदै आएको श्रीकृष्ण जात्रा तथा जन्माष्टमी उत्सवलाई कोरोना कहरका कारण गत २ वर्ष रोकिएको थियो तर यसवर्ष भव्य रुपमा मनाउने तयारी रहेको पनि मन्दिर ब्यबस्थापन समितिले जनाएको छ । श्रीकृष्ण जन्माष्ठमी पर्वमा हरेक बर्ष झण्डै ५ लाख खर्च हुने र त्यसका लागि समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र अन्य शुभचिन्तक महानुभावहरुबाट संकलन गरिएको रकमबाट अक्षयकोष स्थापना गरिएको समितिका अध्यक्ष श्रेष्ठ बताउछन् ।