सालको काठलाई हामीले हजार वर्ष खडा र हजार वर्ष पडा भनिन्थ्ययो : सैनामैना नगर प्रमुख फणेन्द्र

by समतल अनलाइन

सैनामैना।सैनामैना नगरपालिकाका बनबाट सामुदायिक अन्तरगत रहने उपभोक्ताहरुलाई उधम क्षेत्रमा लगानी गरि गरीव विपन्न समुदायको जिविकोपार्जन गर्ने उधमशिलता, अभिमुखीकरण तथा सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहनु भएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सालको काडलाई हामीले हजार वर्ष वडा, हजार वर्ष खडा र हजार वर्ष कडा भनिन्थ्यो, पहिले सरकारले जनतालाई बन संचालन गर्न सहयोग गर्दथ्यो पछि फेरि केहि कारणले यदि बन सरकारलाई कुनै कामका लागि चहियो भने हामी झगडा गर्छौ, सैनामैना नगरपालिकाको आफ्नै बन नियमावली रहेको छ हामीले त्यसैलाई आधार मानेर काम गर्नु पर्दोरहेछ, हामीले बासको सिन्का मात्र बेच्यो भने राम्रो आम्दानी हुन्छ, त्यसको व्यावस्थापन कसरी गर्ने, बनको सहयोगमा त्यहाँका जनावर आफै सुरक्षित हुन्छन, विशेषगरी बन संरक्षण गर्यो भने भाबि सन्ततिलाई स्वास्थ्य रहन समेत सहयोग गर्नेछ।

कार्यक्रमको विशिष्ट अतिथि रहेका सैनामैना नगरपालिकाको उपप्रमुख विना रानाले वन हामी सबैले मिलेर जोगाउनु पर्छ, वातावरणमा यसको ठुलो भुमिका रहन्छ त्यसैले वनको संरक्षण गर्न हाम्रो दाहित्य हो ।

कार्यक्रमको सहजीकरण वन उधम विकास संयोजक ग्रीन फाउन्डेसन नेपालका प्रेम सुवेदीले गर्नुभएको थियो। उहाले सैनामैना नगरपालिकाका भित्र रहेका सामुदायिक वनमा रहेका कृषि वन उधम विकासका सम्भावना र विकास एवम् प्रवद्र्धन कार्यक्रमहरु बिषयमा सम्बाद र छलफल भएको थियो।

कार्यक्रमको अध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देही जिल्ला अध्यक्ष दिनानाथ आचार्य र स्वागत मन्तव्य स्थानीय महासंघ सैनामैना बन उधम महासंघका अध्यक्ष दिपक थापा र कार्यक्रमको संचालन रिता घिमिरे केन्द्रीय सदस्यले गर्नु भएको थियो

 
 
  
 

You may also like