एभरेष्ट माविकी निकिता बनिन् ५ लाखबढीलाई उछिन्दै ‘टोयोटा ड्रिम कार’ विजेता

by समतल अनलाइन

बुटवल । एभरेष्ट ईङ्गलिस मावि बुटवल सुख्खानगरकी बिद्यार्थी निकिता भट्टराईले टोयोटा ड्रिम कार आर्टमा उत्कृष्ट बिजेता बनेकी छन ।

टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको उत्कृष्ट बिजेता बनेकी निकिताले पुरस्कार सहित झन्डै ४ लाख नगद हात पारेकी हुन । एभरेष्ट माविबाट २०७८ सालको एसिईइ परिक्षा दिएकी निकिताले सन् २००४ बाट सुरु भएको यो प्रतियोगिताको फाइनलमा गएर यसपटक पहिलो पटक उत्कृष्ट बनेर नेपालको चित्र पुरस्कृत गराउन सफल बनेकी हुन ।

विश्वका ७८ देशमा कोरिएका ५ लाख ३० हजार ड्रिम कारको तस्विर मध्येबाट २४ वटा चित्र उत्कृष्ट भएका थिए । ती मध्ये ‘आर्टिफिसियल इन्टेलिजेन्स वेस्ड कार’ नामक चित्र उत्कृष्टमा पर्न सफल बनेको हो । निकिताले टोयोटा मोटर्स कर्पोरेसनको तर्फबाट ३ हजार डलर (रु ३,८४,८१० नेपाली) नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनी विजेता भएसँगै नेपालको लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले एक कार्यक्रम आयोजना गरी शिल्ड तथा सर्टिफिकेट वितरण गरेको छ । उक्त वितरण कार्यक्रममा यूटिएसका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेश कुमार एमको उपस्थिति रहेको थियो ।

टोयोटाले विद्यार्थीलाई उमेर समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउँदै आएको छ । जहाँ समूह ए अन्तर्गत ६ वर्षसम्मका बालबालिका, समूह बी अन्तर्गत ७ देखि १२ वर्षसम्मका बालबालिका र समूह सी अन्तर्गत १३ देखि १५ वर्ष उमेरका बालबालिकाले प्रतिस्पर्धा गर्ने गर्दछन । उक्त उमेरमा निकिता सी समुहबाट प्रतिस्पर्धा गरेको र बिजेता बनेको एभरेष्ट माबिका प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिनु भयो । निकिता उत्कृष्ट बन्नु एभरेष्ट माबिकालागि मात्र नभएर बुटवल क्षेत्रसङै देशकै लागि गौरवको बिषय भएको प्राचार्य न्यौपानेले बताउनु भयो ।

निकिता लगनशील, मेहनती र चित्रकलामा धेरैनै रुची राख्ने बिद्यार्थी भएको एभरेष्टका सहायक प्राचार्य भिमसेन गौतमले बताउनु भयो । निकिता बुटवल योगिकुटीकी स्थानीय बासिन्दा हुन ।

 
 
  
 

You may also like