स्व.देवपाटा स्मृति पत्रकारिता पुरस्कार लोकनेस ढेगालाई प्रदान

by समतल अनलाइन

बुटवल । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज रुपन्देहीले प्रदान गर्ने स्व. देवपाटा स्मृति पत्रकारिता पुरस्कार पत्रकार लोकनेस ढेगालाई प्रदान गरिएको छ ।

उहालाई फोनिजको २३ ओैं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा कार्यक्रमको आयोजना गरी सम्मान सहित पुरस्कार प्रदान गरिएको हो ।

उहालाई लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिचाई मन्त्री बिरबहादुर रानाले नगद पुरस्कार र सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्नुभएको हो । सो पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैंया रहेको छ । त्यसै अवसरमा फोनिज रुपन्दीका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री रानाले अहिले कतिपय आदिसासी र गैरआदिवासीमा पनि अतिवादी प्रबृत्ति देखिन थालेको बताउँदै त्यो देशको लागि दुर्भाग्य हुने बताउनु भयो । उहाले अतिवादी सोंच र चिन्तनले सांम्प्रदायिक द्वन्द्व भड्काउने भएकाले सद्भाव र सहिष्णुता कायम राख्न आग्रह गर्नुभयो ।
मन्त्री रानाले पत्रकारिता आफैमा सिर्जना भएकाले आदिवासी जनजाती समुदायका पत्रकारलाई पनि सिर्जनशिल हुन आग्रह गर्नुभयो ।

फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजकी केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश ईन्चार्ज मिलन गाहा, आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, प्रेस चौतारीका लक्षमण पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव राज चौधरीको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like