रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा बिष्णु घिमिरे

by समतल अनलाइन

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको सातौ पदस्थापना तथा धन्यबाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०२१,२२ का अध्यक्ष बिजय कार्कीले एक बर्षमा गरेका कामहरुको समिक्षा गदै बर्ष २०२२,२३ का अध्यक्ष बिष्णु घिमिरेलाई पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै बर्ष २०२२,२३ का अध्यक्ष बिष्णु घिमिरेले यो बर्ष गत बर्ष का अध्यक्षले लिएका राम्राकाहरुलाई निरन्तरता दिदै केही पृथक र फरक खालका कार्यक्रमहरु सन्चालन गर्ने बताउनु भयो । यो बर्ष क्लबलले छाना, खाना र नाना अभियानलाई पहिलो प्राथामिकतामा राखेरे काम गर्ने बताउनु भयोे ।

क्लबले गुल्मी र अर्घाखंचिमा बोलड गुरुप छुट्टाउने अभियान सन्चालन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्ब उपप्रधान तथा सफल अर्थ मन्त्री बिष्णु पौडेलले रोटयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो । बर्ष २०२३ का अध्यक्षले सारेका छाना खाना र नाना अभियान निकै महत्वपूर्ण अभियान भएको बताउनु भयो । रुपन्देही बिकास निमार्णको कामले अरु जिल्लाको तुनामा धेरै फडको मारेको बताउनु भयो ।

कार्यक्रममा रोटरी क्लब बुटबल डाउनटाउनका अध्यक्ष भरत राना, रोटरी डिष्ट्रीक क्लब चियर राजेन्द्र ढकाल, रोटयाक्ट क्लब अफ बुटबल रामापिथेकसका सस्थापक अध्यक्ष सरोज पोखरेल,रोटयाक्ट डिष्टीक बाट प्रकास पराजुलीले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा क्लबका इलेक्ट अध्यक्ष निरज आचार्यको स्वागत मन्तब्य तथा सचिब पारस मरासिनि,सद्धिार्थ आचार्यको सन्चालन तथा बिजय कार्की र बिष्णु घिमिरेको अध्यक्षयतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्लब नोमिन अध्यक्ष योगेन्द्र रायमाझिीले धन्याबाद मन्तब्य राख्नु भएको थियो

 
 
  
 

You may also like