बुटवल।बुटवल लेडि जेसिजको सप्ताहव्यापी सम्पन्न भएको छ । गत आइतबार देखि सुरु भएको जेसिज सप्ताह विभिन्न रचनात्मक कार्यक्रम गरि सम्पन्न भएको हो ।
कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले युवाको नेतृत्व र व्यक्तित्व विकासका लागि जेसिज महाविद्यालयका रुपमा स्थापित रहेको बताउनु भएको छ।
प्रमुख पाण्डेले विभिन्न समयमा सप्ताह व्यापि कार्यक्रम गरेर समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
बुटवल लेडी जेसीज वर्ष २०२२-२३ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष अनुपमान शैजु, बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुषाल, महिला जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पुर्व अध्यक्ष राधिका पोखरेल, कार्यक्रमका मुल संयोजक प्रभा गौतम,प्रथम पुरूष महेश श्रेष्ठ लगायतले जेसीज सप्ताहले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो ।
जेसीजका महासचिव संगीता ढकालको संचालनमा भएको कार्यक्रममा जेसीज सप्ताह सफल बनाउन सहयोग र समन्वय गर्ने क्लवका पदाधिकारी तथा सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधीहरुलाई सम्मान गरेको थियो ।
जेसीज सप्ताह अन्तरगत वास्तु ज्ञान, लागुऔषध दुब्र्यसनी विरुद्धको कार्यक्रम, महिला अधिकार तथा आत्महत्या विरुद्धका सचेतनात्मक कार्यक्रम, वित्तिय तथा बैंक साक्षरता कार्यक्रम लगायतका कार्यक्रम गरिएको थियो ।