आज काग तिहार, कागको पूजा किन गरिन्छ

by समतल अनलाइन

काठमाडौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ । यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ ।

कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । कागलाई यमराजको दूतका रुपमा पूजा गर्ने चलन रहीआएको छ ।

तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । तिहारको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन कागको पूजासँगै सुरु हुन्छ ।

घर आँगनमा आई काग कराएमा खबर ल्याएको विश्वासका साथ शुभ बोल भन्ने चलन छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार, ११ गते सोमबार गोबद्र्धन पूजा र १२ गते मंगलबार भाइटीका परेको छ ।

भगवान विष्णुले ‘बर माग’ भन्दा राजा बलीले ‘पृथ्वीमा पाँच दिन मेरो राज्य होस’ भन्ने बर मागेकै कारण यमपञ्चकमा राजा बलीको राज्यमा जस्तै दीपावली गर्ने, गाउँ सहर सबैतिर झिलिमिली बनाउने गरिन्छ । यमराजको प्रिय काग र द्वारपाल कुकुरको पनि पूजा गरिन्छ ।

 
 
  
 

You may also like