प्रदेश पाँचको राजधानी विवाद चर्कदो, वुटवललाई नै बनाइए बाँके कर्णाली प्रदेशमा मिसिने

by समतल अनलाइन

वुटवल। कतिपय प्रदेशले अझै पनि प्रदेशको नाम र राजधानी टुंगो लाउन सकेका छैनन् । नाम र ठाम टुंगो लगाउन नसक्दा विवाद भने तन्किदो छ । प्रदेश पाँच पनि यही पाटोमा उभिन पुगेको छ । प्रदेश पाँचको अस्थायी राजधानीको भूमिका अहिले वुटवलको काँधमा छ ।

तर वुटवललाई राजधानी मान्न अझै पनि बाँके , बर्दिया र दाङ तयार देखिएका छैनन । वुटवललाई स्थायीरुपमा राजधानी तोकिए बाँकेले कर्णाली प्रदेशमा समाहित हुन अनन्तहिन आन्दोलन नै गर्ने चेतावनी दिएको छ । हालै बाँकेमा आयोजित खजुरा सम्मेलनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशमशेर राणासहित प्रदेश मन्त्री र सांसदहरुले प्रदेश पाँचको राजधानी दाङ्ग बनाइए स्वीकार्ने तर वुटवललाई कुनै पनि हालतमा नस्वीकार्ने चेतावनी दिए ।

यो चेतावनी दिइरहदा प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेल पनि मञ्चमा नै भएपनि उहाँले कुनै जवाफ दिनु भएन । ढिलो गर्दा बढ्दो विवादले प्रदेश पाँचको राजधानी र नामाकरण झनै जटिल बन्ने सम्भावना बढ्दो छ ।

२.बुद्धकालीन धान कालानमकको उत्पादन बढाउन कपिलवस्तुमा बिभिन्न उपाय गरिने

भगवान गौतम बुद्धको समयमा प्राचीन कपिलवस्तुमा लगाइने गरेको बुद्धकालीन धान कालानमकको खेती आधुनिक कपिलवस्तुमा पनि भइरहेको छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । हो यो सत्य हो । मिठो वासना आउने र खाँदा पनि स्वादिलो हुने यो धानको खेती भने कमैले मात्र गर्दै आएका छन् ।

अन्य जातको चामल भन्दा दोब्बर बढी महंगो पर्ने यो चामलको धान फल्न बढी समय लाग्ने, सिंचाईको सुविधा निरन्तर हुनु पर्ने र उत्पादन पनि कम हुने हुँदा कम कृषकहरु यस्को खेतीमा लागेका छन् । तर यस्को संरक्षण गरिनु पर्ने र आधुनिक प्रविधिको प्रयोग गर्नु पर्ने भन्दै कपिलवस्तुका स्थानीय तहका पदाधिकारीहरु नै यो धान खेतीको संरक्षणमा जुटेका छन् भने कृषि ज्ञान केन्द्रले उत्पादन बढाउन गर्नु पर्ने प्रक्रियाबारे अध्ययन थालिसकेको छ । बुद्धको सन्देशले संसारमा चिनिएको नेपालले उहाँकै पालादेखि हुँदै आएको यो धान खेतीलाई जोगाउन हरसम्भव उपाय अपनाउन आवश्यक देखिएको छ ।

३.पाल्पाको सुन्दरताको अनुपम धरोहर पाल्पा दरबारमा देशी विदेशी पर्यटकको भीड बढ्दै

पाल्पा दरबार सुन्दर पाल्पाको सुन्दरतामा थप आकर्षक धरोहर बनेर उभिएको छ । विक्रम सम्वत १९८२ मा निर्माण गरिएको यो दरबार वास्तवमा पाल्पाको मात्र नभइ नेपालको नै गहना बनेर उभिएको छ । तत्कालीन सशस्त्र युद्धको दौरानमा माओवादीको आक्रमणले दरबारको ठूलो हिस्सा ध्वस्त पारियो ।

तर ६ बर्ष लामो मेहनत पनि यस दरबारलाई पुर्नजीवन दिइएको छ । अहिले पाल्पा दरबार हेर्नेहरुको आन्तरिक तथा बाह्य पर्यटकको भीड पनि बढ्दो छ ।

 
 
  
 

You may also like