रोट्र्याक्ट कोटिहवाले एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्दै

तिलोत्तमा । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएको संस्था रोट्र्याक्ट क्लव अफ कोटिहवाले एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवास्थित श्री पशुपति उच्च मा.वि.मा यही साउन २८ गते शनिवार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लवका वर्ष २०२२/२३ का अध्यक्ष रो. अमन थापा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रहेका वृद्ध वृद्धा तथा युवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना फैलाउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

शिविरमा बिहान ७ बजेदेखि ११ बजेसम्म वृद्ध वृद्धाहरुका लागि पूणर् शारीरिक जाँच (फूल बडी चेकअप) तथा दिउँसो १ बजेदेखि ४ बजेसम्म युवापुस्ताका लागि युरिक एसिड जाँच, सुगर जाँच र रगत जाँच जस्ता शारीरिक स्वास्थ्य जाँचको अवसर प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

सो शिविरलाई एसियन डाईग्नोष्टिक ल्याबको प्राविधीक सहयोग रहने छ भने युथ फर नेशन, पब्लिक हेल्थ फाउण्डेसन लुम्बिनी, रोट्रर्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देही, रोट्र्याक्ट क्लव अफ तिनाउ बुटवल र रोट्र्याक्ट क्लव अफ पोखरा फिसटेलको सहयोग रहने छ ।

 
 
  
 

You may also like