देशका ‘नक्षत्र’ उत्पादन गर्ने होराइजन

बुटवल । सूचना प्रविधीको व्यवसायिकतामा लागेका असगर अलि नेपालका अग्रणी र सफल व्ययवसायी हुन् । उनले ई-सेवालाई देशकै पहिलो अनलाईन प्लाटफर्मका रुपमा सुरुआत गरेका थिए । अहिले यो प्लाटफर्म प्रयोग नगर्ने मानिसहरु विरलै मात्र पाइन्छन् ।

त्यस्तै सुरक्षा पन्त नेपालकै चर्चित नाइका हुन् । झोला, आमा जस्ता समाजिक परिवेशका फिल्ममार्फत् नेपाली सिने क्षेत्रमा छाएकी उनी कान्स फिल्म फेस्टिवलमा जाने पहिलो नेपाली सिनेकर्मी हुन् । हेर्दा निकै भिन्न पेशामा आवद्ध भएका यी दुई सफल व्यक्तित्वबीच एउटा कुरा भने साझा छ । यी दुवैले बुटवलको न्यू होराइजन माध्यामिक विद्यालयबाट विद्यालय शिक्षा हासिल गरेका थिए । होराइजनको पुरा गरेको विद्यालय शिक्षा उनीहरुको करिअरलागि जीवनोपयोगी हुनपुगेको स्वयम् उनीहरुले बेलाबेलामा बताउने गरेका छन् ।

यो त यी दुई जनामात्र होइनन्, होराइजनममा शिक्षा हासिल गरी देशभर नाम राख्न सफल भएका अरु धेरै चर्चित नामहरु छन् । राष्ट्रिय क्रिकेटर शक्ति गौचनको विद्यालय शिक्षा यहीँ होराइजनमा पुरा भएको थियो । कुशल मल्ल, शुसन भारी र कृतिका मरासिनी जस्ता राष्ट्रिय क्रिकेटरहरुले यहीँ विद्यालयमा जीवनपोगी शिक्षा लिएका थिए । चर्चित सर्जन डा. विशाल ज्ञावाली पनि होराइजनकै उत्पादन हुन् । यी त केही नाममात्र हुन्, यस विद्यालयबाट शिक्षा हासिल गरी गएका विद्यार्थीहरुले आफ्नो करिअरमा केही न केही नयाँ आयामको विकास गरिरहेको विद्यालय बताउँछ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय भन्छन्, ‘घोकाउने, रटाउनेभन्दा जीवनोपयोगी शिक्षा दिई करिअरलाई अगाडि बढाउन विद्यालयले निरन्तर प्रोत्साहन गर्ने भएकाले यस्ता नक्षत्रहरु हामीले उत्पादन गर्न सकेका हौँ ।’

प्राचार्य उपाध्यायले भनेजस्तै पृथक शैक्षिक प्रणाली हुर्काएकै कारण विद्यालयले अहिलेसम्म १७ वटा विभिन्न विधामा प्रशिक्षक उत्पादन गर्न सफल भएको छ । ‘हामीले गौरब गर्नुपर्ने कामहरु धेरै गरेका छौं । तर योसँगै विद्यार्थीहरुलाई अझै उत्कृष्ट शैक्षिक वातावरण दिने उत्तरदायित्व झनै बढिरहेको महसुस भइरहेको छ ।’ प्राचार्य उपाध्याय भन्छन् ।

रुपन्देहीको ड्राइभर टोलबाट आफ्नो सुरुवाती कक्षा सञ्चालन गरेको होराइजन मावी अहिले देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ। २०७५ सालमा देखि बुटवलको देविनगरमा शाखा सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्षमा नै कक्षा १२ मा विज्ञान संकायमा चार जिपिए सहित बोर्ड फस्ट भएको थियो । नेपाल सरकारद्वारा ७ पटक सम्म पश्चिमाञ्चलमा उत्कृष्ट विद्यालयको रुपमा पर्न सफल भएको थियो । इकोनोमिक्स ओलम्पिक २०२२ नेपाल प्रथम हुन सफल भएको थियो । नेपाल सरकारद्वारा लिने विश्वविद्यालयका विभिन्न प्रवेश परिक्षामा उल्लेख संख्यामा नाम निकाल्न सफल भएको छ। यसकै नतिजास्वरुप विद्यालयले देशभर नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

विद्यालयमा अहिले उत्कृष्ट ल्याव तथा भौतिक सुविधा सम्पन्न सहितका कक्षाकोठाहरु छन् ।

 
 
  
 

You may also like