नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए।

पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा सामान्य क्षति पुगेको थियो।

सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टासम्म पहिरो हटाएपछि मंगलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।

 
 
  
 

You may also like