मझौला ढुवानीले मनायो स्थापना दिवस, ३६ युनिट रगत संकलन

बुटवल । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ, प्रधान कार्यालय बुटवलको ९औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

स्थापना दिवशका अवसरमा वार्षिकोत्सव कार्यक्रम, ब्यबसायी भेला तथा प्रशिक्षण र रक्तदान कार्यक्रम भब्यतामा साथ सम्पन्न भएको छ । रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम गरिएको र ३६ जना ब्यवसायी, चालक तथा मजदुर लगाएतले रक्तदान गरेका थिए ।

उक्त भेलामा सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरणका उपायहरु, दुर्घटना पश्चात हुने हानी नोक्सानी, व्यवसायीहरुको भुमिका, काम, कर्तव्य र दायित्वको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । साथै बिमाको ब्यबस्था, चालक मजदुर लगाएतको स्वास्थ्य उपचार लगाएतका बिषयमा संघले खेलेको भुमिकाको बारेमा संघका अध्यक्ष दिनेश थापाले प्रकाश पारेका थिए ।

सो अवशरमा संघका निवर्तमान अध्यक्ष लक्ष्मण क्षेत्री, सल्लाहकार मोहन पि.एस, रक्तदान कार्यक्रम संयोजक सोमन कुमार तिमल्सिना, संघका का.बा. महासचिव रबिन्द्र कुमार श्रेष्ठ लगाएतले संस्थाले खेलेको भूमीकाको बारेमा चर्चा गरेका थिए ।

 
 
  
 

You may also like