प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा बुटवलमा पदभार ग्रहण

बुटवल । बुटवल उपमहानगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई बुटवलमा स्वागत गरिएको छ ।

नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन दिए ।
‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

उनले बुटवलको विकासका लागि जनप्रतिनिधिका योजनामा साथ दिएर अघि बढेमा मात्रै प्रभावकारी काम हुने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरलाई सफल बनाउनका लागि नगरप्रमुखका योजना कार्यान्वयनमा आफु कानूनी आधारमा अघि बढ्ने बताए । उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्यलगायतले स्वागत गरेका थिए ।

 
 
  
 

You may also like