सैनामैनामा वडा स्तरिय भलिबल प्रतियोगिता हुने, खेलाडी पाउनै मुस्किल

by समतल अनलाइन

ललित पाण्डेय
सैनामैना। रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा शुक्रबारदेखि प्रथम वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सैनामैना ७ देवापारमा रहेको जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको आयोजनामा कार्तिक ८ गतेदेखि १० गतेसम्म वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
सरस्वती माविको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सैनामैना नगरपालिकाको वडा भित्र रहेका टिमको सहभागिता हुने जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

२०४२ सालमा स्थापना भएको क्लबले २०५३ सालदेखि सैनामैनामा निरन्तर रुपमा खुलकुदका क्रियाकलाप गर्दै आएको उनले बताउँदै यस वर्षदेखि भलिबल प्रतियोगिता सञ्चालन गरेको बताए ।
भलिबल राष्ट्रिय खेल भएपनि तराई क्षेत्रमा सुस्ताएको अध्यक्ष रानाले बताउँदै भलिबल खेलाडी भेटाउनै मुस्किल परेको गुनाशो पोखे । यस क्षेत्रमा खेलाडी उत्पादनको लागि भएपनि सहयोग मिल्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको उनको भनाई छ । नीति निर्माताहरुले खेलाडीलाई ब्यवसायीक बनाउनको लागि ध्यान दिन आवश्यकता रहेको उनले सुझाब दिए । क्लबकै आर्थिक श्रोतबाट वडा स्तरिय प्रतियोगिता सञ्चालन गरिएको हो ।
सैनामैना नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष डिलाराम बेलवासेले कला संस्कृतिको संरक्षण गर्दै क्लबले खेल क्षेत्रको विकासमा सैनामैनामा महत्वपूर्ण भूमिका खेलेको बताए । क्लबले निरन्तर रुपमा यस क्षेत्रमा खेलकुद क्षेत्रका गतिविधि अगाडी बढाउँदै आएको उनको भनाई छ ।
क्लबका सल्हाकार यदुनाथ ज्ञवालीले खेलाडीको राज्यले संरक्षण गर्न नसक्दा राष्ट्रिय खेल भलिबल ओझेलमा परेको गुनाशो पोखे । क्लबका सचिब रोमनाथ न्यौपानेले सैनामैना क्षेत्रमा भलिबल खेलाडीको उत्पादन तथा प्रत्शाहनको लागि प्रतियोगिता सञ्चालन गरिएको बताए

। प्रतियोगितामा प्रथम पुरस्कार २० हजार , दोश्रो १० हजार तेश्रो ६ हजार र सान्तोना ४ हजार सहित मेडक ,कप ,प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।

त्यस्तै उत्कृष्ट प्यलेयरलाई २ हजार, उत्कृष्ट स्पाईकर , सटर, बलकर, डिफिण्डर र कोटलाई नगद १ हजार पुरस्कारको समेत आयोजकले ब्यवस्था गरेको छ । खेल बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगितामा सहभागिता जनाउँने खेलाडी वडा भित्रको नै हुुनु पर्ने सिफारिस भएपछि मात्र टिम दर्ता गरिएको आयोजकको भनाई छ ।

 
 
  
 

You may also like