बुटवलको कल सेन्टरमा प्रहरीको छापा : १५० युवा-युवती पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित जानकी नगरमा सञ्चालित ब्लु स्काइ कल सेन्टरमा प्रहरीले छापा हानेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले घरमा तीन फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट अवैध धन्दा गर्ने गरेको पाइएको बताए ।

उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ । कल सेन्टरमा १५० जना काम गर्ने युवा युवती रहेको उनले बताए । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले कल सेन्टरका सात सञ्चालकसहित डेढ सय युवा-युवतीलाई पक्रेको छ ।

 
 
  
 

You may also like