दामपत्य जिवनको सुरुवात गरेका छोरा बुहारीलाई जिवन बिमालेख उपहार

बुटवल । विवाह पश्चात घरमा बुहारी भित्रिएपछि बुहारीको मुख देखाई कार्यक्रम हुन्छ । यस्तो कार्यक्रममा शाशु–ससुराले केही दक्षिणा वा कुनै बस्तु दिएर बुहारीको मुख हेर्ने गरिन्छ । तर पश्चिम नवलपरासीका एक दम्पतिले भने घरमा भित्रिएकी बुहारीलाई बीमा पोलीसी उपहार दिएर त्यो रसम पुरा गरेका छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालीका १ नदुवा निवासी धन बहादुर थाापा र श्रीमती कमला थापाको दम्पतीले नयाँ दाम्पत्य जिवनको सुरुवात गरेका आफ्ना छोरा सुरज थापा र बुहारी लाई जिवन बीमालेख उपहार दिएका छन् । नयाँ दामपत्य जिवनको सुरुवात गरेका छोरा बुहारीको जोडिलाई जिवनमा बचत गर्ने

बिकास गराउने उद्धेश्य र बीमा गर्नाले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्राप्त गरिने भएकाले छोरा बुहारीलाई जीवन बीमा उपहार दिएको आमा कमला थापाले बताईन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी देवदह शाखाकी सिनियर एजेन्सी म्यानेजर समेत रहेकी कमला थापाले जीबन बिमामा आवद्ध एजेन्टहरुको सस्थाले प्रदान गर्ने एमडीआरटी दुइ पटक सम्म प्राप्त गरी सकेकी छन् ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी देवदह शाखाबाट २५ लाखको शुभारम्भ योजना खरिद गरी जीवनमा विपत्तिले निम्त्याउने आर्थिक समस्याको समाधान गर्न दाइजो भन्दा जीवन बीमा उत्तम हुने र यसले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्रदान गर्ने भएकाले सबैलाई जीवन बीमा गर्न थापा दम्पतीको सुझाव रहेको छ ।
विवाह समारोहमा उपस्थित सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी देवदह शाखा प्रमुख बिनिता श्रीसले बैबाहीक दाम्पत्य जिवनको सुरुवात गरेको सुरज थापाको जोडीलाई बधाई तथा शुभकामना दिदै बाबु आमाले सन्तानको भविष्य सम्झिएर गरेको बीमालेख उपहार दिनु अनुकरणिय कार्य रहेको बताईन । सबैले यस्तै कार्य गरेमा सबैको जोखिम बहन हुने, जीवन यात्रा सहज हुने उनको भनाई छ ।

 
 
  
 

You may also like