नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा

काठमाडौं । विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ ।

रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ ।

पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ स्थानमा परेर पुच्छरमा रहेको छ ।

जापानपछि क्रमशः सिंगापुर, तेस्रोमा दक्षिण कोरिया, जर्मनी, स्पेन फिनल्याण्ड, इटाली, लक्जमबर्ग, अष्ट्रियालगायत मुलुकहरु रहेका छन् । यस्तै, सूचीको ६ औँ स्थानमा बेलायत, बेल्जियमलगायत मुलुकहरु रहेका छन् भने ७ औँ नम्बरमा अमेरिका रहेको छ ।

 
 
  
 

You may also like