92
काठमाडौं । सरकारले तिहारको भाइटीको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ।