तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपमेयरले ठाेकिन् ताला

बुटवल।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् ।

तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेस्रो र चौथो बैठकमा ज्ञवालीले नेपाली कांग्रेसतर्फ पक्षधरता देखाएकाले तालाबन्दी गरिएको उपप्रमुख चौधरीले बताइन् ।

‘प्रमुख प्रशासकीय अधिकृत नेपाली कांग्रेसको मात्रै कर्मचारी भएजसो गरी नियोजित रुपमा अनैतिक काम गरेका छन्’, उपप्रमुख जागेश्वरीदेवी चौधरीले भनिन्,अब उनी स्वीकार्य छैनन् ।’

 
 
  
 

You may also like