तिलोत्तमा नगरपालीकाको वडा न ६ मा नि ः शुल्क नागरिक हेल्प डेस्क संचालनमा

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालीका वडा न. ६ मा आइतवारदेखि निःशुल्क नागरिक हेल्प डेस्क संचालनमा आएको छ ।

निर्वाचित जनप्रतिनिधीले घोषणापत्रमा उल्लेख गरेअनुसार आफ्ना वाचा पुरा गर्न घटना दर्ता सम्बन्धि तथा वृद्ध, असाहय, अपांग लक्षित सेवाको शुभारम्भ गरेका हुन् । उक्त डेस्कबाट स्थानियले वडामा भर्नुपर्ने विभिन्न प्रकृयात्मक फारम नि ःशुल्क भर्न पाउने तथा विभिन्न घटना दर्ताका लागि घरमै सहयोगी पुगी काम गरिदिने सेवा प्राप्त गर्नेछन् ।

सेवा कार्यक्रमलाई आइतवार शुभारम्भ गर्दै वडाध्यक्ष गणेश पाठकले नागरिकले स्थानिय सरकार घरघरमा भन्ने नारा सुनेको भएपनि महशुस गर्न नपाएकाले त्यसलाई सार्थक बनाउन आफु लगायत वडा सदस्यको बैठकले सो निर्णय गरेको बताए । उनले यो सुविधाले स्थानिय नागरिक र वडाबीचको सम्बन्ध पनि थप मजबुद हुने जनाए । नागरिकलाई हरेक तबरबाट सहज वातावरणमा काम हुनेगरी वडामा आउने सुविधा प्रदान गर्न आफुहरु लागिपर्ने उनले बताए । वडाध्यक्ष पाठकका अनुसार सो सुविधा नागरिक तहमा पुर्याउन अहिलेलाई वडाले नै खटाएका एक कर्मचारी र अर्का सहयोगी हुनेछन् । उनीहरुको पारिक्षमिकको लागि पाठकले नगरपालीकाबाट मासिक रुपमा पाउने ३० हजार रुपैयांलाई सदुपयोग गर्ने बताए ।

२१ ह्जार सहयोगीको तलब, संचार तथा आफ्नै साधन भएकाले तेल तथा मर्मत खर्चमा जान्छ, उनले भने, डेस्कमा बसी फारम भरिदिने कर्मचारीलाई ९ हजार रुपैयां दिनेगरी व्यवस्था मिलाएका छौं ।
यस्तो सुविधा घरघरमै पाइने भएपछि आफुहरुलाई खुसी लागेको स्थानिय धुव्र वस्यालले बताए । भर्खरका मानिस लाइनमा उभिन, फारम भर्न, सबै काम गर्न सक्ने भएपनि वृद्धवृद्धा, अति विपन्न तथा अपांगता भएका व्यक्तिलाई सो सुविधाले बढी फाइदा मिल्ने उनले बताए ।
साथै वडाले वृद्धवृद्धाले वडामा अँई आफ्ना कागजपत्र रिन्यु गराउने व्यवस्थालाई पनि सहज बनाउन वडा सदस्यहरुलाई आफ्नो टोलमा खटाई सेवा प्रदान गर्नेगरी खटाएको छ ।
ह्ेल्प डेस्कमा रहेर काम गर्न यमकला वस्याल रहेकी छन् भने घरघरमा गई

 
 
  
 

You may also like