पहिलो पाइला बुटवलद्वारा ३० दिनसम्म नियमित रक्तदान गर्ने , रक्तदान आजबाट सुरु

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले आजदेखी ३० दिनसम्म नियमित रक्तदान गर्ने अभियान सुरु गरेको छ। बुटवल स्थित ब्लड बैंकमा भएको कार्यक्रममा आजबाट कम्तिमा ३० दिन रक्तदान गर्ने संस्थाका अध्यक्ष पारस मरासिनीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौहानले पहिलो पाइलाका हरेक गतिबिधि उत्कृष्ट भएको बताउदै प्रत्येक दिन रक्तदान गर्ने कार्यक्रम नेपालमै फरक र पहिलो कार्यक्रम भएको बताउनु भएको छ । संस्थाका अध्यक्ष मरासिनी ले ” जहाँ दुख्छ त्यहा पहिलो पाइला पुग्छ” भन्दै बुटवलमा फरक कार्यक्रम कार्यक्रम को सुरु गरेको र अब बुटवलमा रहेका हरेक सामाजिक संस्थामा यो अभियान बिस्तार गर्न सके बुटवलमा रगतको अभाव नहुने कुरा बताउनु भयो ।

संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षता, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानको प्रमुख आथित्यता ,पहिलो पाइला नेपाल बुटवल शाखा सल्लाहकार गंगाधर न्यौपाने , केन्द्रिय सदस्य बिनोद महत , उदय भट्टराई , निरन्जन भट्टराई आदिको आथित्यतामा भएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक राजन अधिकारीको रहेको थियो भने संचालन सह- सचिब गोमा भट्टराईले गर्नुभएको थियो।

 
 
  
 

You may also like