ओमसतिया गाउँपालिकाको कटैयामा सरसफाई

बुटवल । ओमसतिया गाउँपालिकाको वडा नम्बर १, कटैयामा आज एक कार्यक्रमका बिच सरसफाई अभियान सम्पन्न भएको छ ।

विभिन्न आमासमुह र स्थानीय जनताको सकृयता संगै सुरु भएको कार्यक्रममा ओमसतिया गाउँपालिकाका उपप्रमुख सुनिता चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेलबहादुर बराल सकृयताका साथ सरसफाईमा ब्यस्त थिए ।
उपाध्यक्ष सुनिता चौधरी पनि सरसफाइमा ब्यस्त थिइन । उनी भन्छिन समाजलाई फोहोर मुक्त गरेपछी मात्रै समग्र गाउँपालिका सुन्दर र सफा हुनुका साथै मानवीय जिवनको आयु समेत बढ्ने हुदाँ बाताबरणिय सरसफाइमा जुट्न सबैलाई आग्रह गरेकी थिइन ।
सडक छेउछाउमा रहेका फोहोर बस्तुहरु , पात पतिंगर लगायतलाई जम्मा गरि नष्ट गरिएको थियो ।

 
 
  
 

You may also like