७८ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो ।

सक्रिय सङ्क्रमितको संख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होम आइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु) मा सात जना उपचार भइरहेको छ ।

 
 
  
 

You may also like