अवरुद्ध सडक खुलाउन जेसिभि लगेर आफै पुगे मेयर पन्थी

गुल्मी ।गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी अवरुद्ध सडक खुलाउँन आफै पुगेका छन ।

बुधबार बिहान करिव ६ बजे पन्थीले जेसिवी डोजर लगेर रेसुङ्गा नगरपालिका वडा नम्बर १४ को पाङ्ग्रे खोलामा पहिरोका कारण अवरुद सडक खुलाउँन आफै पुगेका हुन ।

राति करिब ११ बजे सडक अवरुद्ध भएको र गाडीहरु सोहि बाटो भएर पराल्मी रातामाट जान अवरोध भएको जानकारी प्राप्त भएपछि बिहानै नगर प्रमुख पन्थीले बाटो खुलाउँन र पहिरोको बारेमा जानकारी लिनको लागि आफै पाङ्ग्रे खोलामा पुगेका हुन ।

पन्थीलाइ हामीले फोन गरेर डोजर पठाएको भए पनि त काम बन्ने थियो भन्ने प्रश्न गर्दा उनले भने ू नगरपालिकाका हरेक नागरिकका समस्या मेरा समस्या हुन बाटो खुल्नु भन्दा पनि कसरी अवरुद्ध भयो के कति कारणले भयो भन्ने जानकारी लिनको लागि ू आफु सोहि ठाउँमा पुगेको बताए ।

पन्थीले निरन्तर झरि परिरहेका कारण यो समयमा गाडी चल्न निरन्तर पहिरो फाल्ने र हिउँद लागेपछि दीर्घकालीन उपाय खोज्ने उनले बताए ।

 
 
  
 

You may also like