गुल्मी मुसिकोट: पोषण सुधारका लागि सुनौलो हजार दिनका आमाहरुलाई अण्डा वितरण

हरि पाठक
गुल्मी । गुल्मीको मुसिकोटमा सुनौला एक हजार दिनका आमालाई अण्डा वितरण गरिएको छ । हरिया सागसब्जी गेडागुडी माछामासु र अण्डाको प्रयोगबाट वालवालिकामा हुनसक्ने कुपोषण न्युनीकरणका लागि भन्दै मुसिकोट नगरपालिकाले मंगलबार सुनौलो एक हजार दिनभित्रका आमाहरुलाई बिउपल एकसेट र अण्डा एक क्यारेट वितरण गरेको हो । मंगलबार मुसिकोट नगरपालिका वडा नम्बर – १ मा सुनौलो हजार दिने आमाहरु मध्ये १० जना बिपन्न सुनौलो हजार दिने आमाहरुलाइई पोषणयुक्त १ क्यारेट अण्डा र तरकारीका बिउपल सेट बितरण गरिएको नायव पशु स्वास्थ्य प्राबिधिक अनिल जिसीले जानकारी दिनुभयो ।उक्त कार्यक्रमबाट हजार दिने आमाहरूले खुशी ब्यक्त गरेका छन् ।

मुसिकोट नगरपालिकाको आर्थिक बर्ष ०७८/०७९ को बार्षिक स्वीकृत बहुक्षेत्रीय पोषण संवेदनशिल कृषि तथा पशु सेवा कार्यक्रम अन्तर्गत नगरपालिका अन्तर्गतका ९ वटै वडामा रहेका बिपन्न १०/१० जनाका दरले हजारदिने आमाहरूलाई पोषणयुक्त खानेकुरा बितरण गरिने नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो । गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषण स्थितीमा सुधार ल्याउन यो पहिलो कार्यक्रम रहेको र यस्लाई क्रमशः फरकफरक किसिमबाट सञ्चालन गरिदै निरन्तर बढाउदै लैजाने बताउनुभयो ।

नगरपालिका भित्र रहेका आमाहरुको स्वास्थ्यमा सुधार ल्याउन र बच्चामा हुने कुपोषणको जोखिमलाई तोड्न तथा आमा बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन अण्डा र तरकारीका बिउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका बिपन्न करिव ९० जना सुनौला हजार दिनका आमाहरूलाई प्रत्येक वडा वडाबाट क्रमसस् अण्डासहित तरकारीका बिउपल वितरण गरिने नगरपालिकाको भनाइ छ । गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषण युक्त खानेकुराको बढी आवश्यकता पर्छ ।

यस समयमा पोषण सुधारमा ध्यान दिन सकिएन भने महिलालाई जटित समस्या आउन सक्ने अवस्थालाई ध्यान राखी एक क्यारेट अण्डासँगै बिउपल वितरण गरिएको वडा नं. १ का वडाअध्यक्ष मोहन घिमिरेले बताउनुभयो । ‘गाउँघरमा अझै पनि गर्भवती तथा सुत्केरी महिला पोषणयुक्त खानेकुरा खान नपाइरहेको अवस्था छ, जसका कारण गाउँघरमा कुपोषणको मात्रा पनि बढ्न सक्ने जनाउदै उहाँले भन्नुभयो ‘नगरपालिकाका ९ वटै वडाहरुमा कुपोषणको मात्रा घटाई पोषणमा सुधार ल्याउन केही भूमिका खेल्ने र थप सचेतामूलक यस्ता कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको छ ।’ कार्यक्रममा वडाभित्रका गर्भवति, सुत्केरी आमा तथा वच्चारूको उपस्थितिमा महिला स्वास्थ्य स्वयंसेविका सहयोग संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , वडासचिव हेमकला पौडेल ,वडासदस्य दानवहादुर केसी ,बिष्णुध्वज खाती ,महिला वडासदस्य कुसुम परियार प्रतिमा केसी कृषि प्राबिधिक सर्वोजित वली, लगायत जनप्रतिनिधिसहित वडाका कर्मचारीद्धारा बितरण गरिएको थियो ।

 
 
  
 

You may also like