पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, प्रतिलिटर पेट्रोलको मूल्य १८१

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धन) को मूल्यवृद्धि गरेको छ ।

सोमबार साँझ निगमले एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० वृद्धि भएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत नै कायम भएको छ । हाल एलपी ग्यासको मूल्य एक हजार ८ सय रूपैयाँ रहेको छ।यसअघि असार ११ गते निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।

निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु बाध्य भएको पनि बताएको छ ।

 
 
  
 

You may also like