इन्जिनियरिङ्ग कलेजमा फुटबल प्रतियोगिता हुँदै

बुटवल । लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा अध्यनरत बिद्यार्थिहरुको समुह (लेक अफिसियल ग्रुप ) द्वारा आयोजना गर्न लागिएको नाइन अ साइड फूटबल प्रतियोगिता असार २० गते देखि लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राङ्गणमा सुरु हुने भएको छ ।

खेलमा पुरुष तर्फ १३ टिम र महिला तर्फ ४ टिम सहभागी रहनेछ्न भने खेल तीन दिन सम्म चल्ने छ ।

आज साझ ५ बजे गोला प्रथा द्वारा भोलि हुने खेल तालिका छनोट गरिएको खेल आयोजक समितिका संयोजक सक्सेस पन्थीले जानकारी दिए ।

पहिलो खेल टिम इन्फिनिटि र ८ औ सेमेस्तर बिच हुन गइरहेको छ । खेलको मुख्य प्रायोजक शुभ सुर्य सप्लायर्स , अग्नि सिमेन्ट , इमिनेन्ट एजुकेसन लगायतका रहेका छ्न । खेलमा पहिलो पुरस्कार पन्ध्र हजार र द्वितीयत पुरस्कार पाच हजार रहेको छ ।

 
 
  
 

You may also like