लियो क्लब बुटवल सेन्ट्रलको अध्यक्षमा माधव अर्याल

बुटवल। लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा माधव अर्याल निर्वाचित भएका छन् ।

क्लबको बसेको बैठकले माधव अर्याललाई सन् २०२२-२३ को लागि सर्वसम्वत निर्वाचित गरेको क्लबका सचिव विशाल पाण्डेले जानकारी दिए । नवनिर्वाचित अर्याल युवा उद्यमी तथा समाजसेवी हुन् ।

क्लबको बुटवलमा बसेको बैठकबाट सन् २०२२-२३ का लागि अध्यक्षमा माधव अर्याल, प्रथम उपाध्यक्षमा विकास टन्डन, सचिवमा केशव पौडेल र कोषाध्यक्षमा बसन्ता बस्नेतलाई र्निविरोध निर्वाचित गरेको क्लबका अध्यक्ष हिमाल खनालले जानकारी दिए । बाकी रहेको पदाधिकारी र वोर्ड पुन बैठक बसी पुर्णता दिने समेत जानकारी गराए ।

अध्यक्षमा निर्वाचित अर्यालले क्लबको पहिलो बैठकबाट बर्षभरीका कार्ययोजना प्रस्तुत गरी सोहि बमोजिम कार्यक्रमहरु गरिने र क्लबले गरी आएका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने बताए ।

 
 
  
 

You may also like