दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पनि पक्राउ

by समतल अनलाइन

काठमाडौं।पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै त हो नि ब्रो’ चर्चित गीतमा गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो ।

चर्चित गीत ‘यस्तै त हो नि ब्रो’मा ‘पानी हान्न आइजा बरु म दारु मगाउछु, गाँजा सल्काउछु ।’ जस्तो शब्द प्रयोग भएको छ साथै उनले उक्त गीतको भिडियोमा गाँजा पनि देखाइएको छ ।प्रहरीले केहीदिनअघि मात्र बीच बीचमा बोलको गित गाएर चर्चामा आएका दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो । थापाको गीतमा धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ ।

थापाले विवादित उक्त गीत युट्युबबाट हटाएका छन् ।‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले थापालाई समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापा आलोचित समेत बनाएको थियो ।

 
 
  
 

You may also like