हरेक नागरिकको विवरण सरकार सँग हुन जरुरी हुन्छ- गृह मन्त्री खाँण

रुपन्देही । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन प्राणाली सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

समापन समारोहमा बोल्दै नेपाल सरकार का गृह मन्त्री बाल कृष्ण खाणले हरेक नागरिकको विवरण सरकार संगहुनु पर्ने बताउनु भयो ।राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभाग सिंहदरबार ,काठमाण्डौको सहयोगमा लुम्बिनि प्रदेश रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोल भएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोह लाई सम्बोधन गर्दै मन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पुरा गर्ने दायित्व सरकारको हो ।

नागरिकको दायित्य पुरा गर्न पुर्ण विवरण सरकार संग हुनु पर्ने बताउनु भयो।

नेपाल सरकारले भख्खरै जन्मिएका बच्चा देखि बृद्ध अबस्थाका नागरिकहरुको विवरणको तथ्याङ्क संकलन गरिरहेको अबस्थामा स्थानियतह देखि भरपर्दो उच्च प्रविधि र विज्ञान को उचित प्रयोग गरि सत्य तथ्य नागरिकको विवणर सरकार समकक्षी पुर्याउन स्थानिय तहलाई आग्रह गर्नु भयो ।

मानव अधिकार ,लोकतन्त्रीक अधिकार,र नागरिकको व्यत्तिगत सुरक्षाको सबै सरकारले गर्ने हुदा हरेक नागरिकको विवरण सरकार संग हुन जरुरी रहेको बताउनु भयो ।

 
 
  
 

You may also like