राप्रपाद्वारा राँके जुलुस प्रदर्शन

बुटवल । रास्ट्रीय प्रजातन्त्र पार्टीले आफ्ना २२ बुँदे माग सम्बोधन गर्न दबाब स्वरुप ७७ वटै जिल्लामा राँके जुलुस गर्ने कार्यक्रम अन्तर्गत बुटवलमा पनि राँके जुलुस तथा कोण सभा सम्पन्न गरेको छ।

रास्ट्रीय प्रजातान्त्रिक युवक संगठन बुटवल नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा प्रमुख वक्ता रास्ट्रीय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले देश विषम परिस्थितिमा गैइरहेको छ , महङ्गी र भ्रस्टाचारले उग्र रुप लिइरहेको छ तर नेताहरु भने आफ्नो सुख सुबिधा बढाउन लागीपर्नु देशको लागि दुर्भाग्य भएको बताउनु भएको थियो। समयमै बिद्यार्थीलाई किताब र किसानलाई मल उपलब्ध गराउन नसक्नु सरकारको लाचारीपन भएको बताउनु भयो । अहिले देशको लागि सबैभन्दा ठूलो दुर्भाग्य भनेको संघीयता हो भन्ने कुरा कम्युनिस्ट र काङ्ग्रेसका केही नेताहरूले पनि स्वीकार गरिसकेको अवस्थामा , राप्रपाले माग गरे बमोजिमको संघीयता खारेज गरि २ तहको सरकार नै अन्तिम बिकल्प रहेको बताउनु भयो ।

आफ्ना माग पूरा नभए निरन्तर आन्दोलनका कार्यक्रमहरु मार्फत सरकारलाई दबाब दिइरहने पनि बताउनु भयो । कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश सचिब राजेन्द्र अधिकारिले देश यस्तै बेथिति रहिरहे अब राप्रपा मात्र होइन सम्पुर्ण नेपाली जनता सडकमा आउने छ्न र त्यो आन्दोलनको नेतृत्व राप्रपाले गर्ने छ त्यसैले बेलैमा सरकारले जनताका जायज माग सम्बोधन गरोस नत्र आन्दोलनको आधिबेहरी आउने भन्दै सरकारलाई चेतावनी दिनुभएको थियो ।

राप्रपा पुर्ब केन्द्रिय सद्स्य बिष्णु बहादुर कार्की , इर्साद आलम , क्षेत्र न २ अध्यक्ष राम बहादुर थापा लगायतले अब गणतन्त्रको आयु सकिएको , राजसंस्थाको बिकल्प नरहेको बताउनु भएको थियो । राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाँणले जनताको प्रत्येक सुख दुखमा राप्रपाको साथ रहेकोले आगामी दिनमा पनि बिरोधका कार्यक्रम गरिरहने बताउनु भयो ।

कार्यक्रमको अन्तमा रास्ट्रीय प्रजातान्त्रिक युवक संगठन बुटवल नगर अध्यक्ष अशोक भट्टराईले जनताको जिवनमा प्रत्यक्ष असर पार्ने कुनै पनि समस्याको बिरुद्ध युवा पुस्ता लड्ने बताउदै ,सरकारले युवालाई कमजोर नठान्न अनुरोध गर्नु भएको थियो। कार्यक्रम
भ्रस्टाचारिलाई कार्बाही गर , किसानलाई मल उपलब्ध गरा , मुल्यबृद्दी नियन्त्रण गर , संघीयता खारेज गर , हिन्दुराज्य घोषणा गर , राप्रपा जिन्दावाद जस्ता नारा लगाउदै हाटबजारबाट सुरु भएको राँके जुलुस अमरपथ , बिपि चोक हुँदै ट्राफिकचोकसम्म आएर कोणसभामा परिणत भएको र जुलुसका क्रममा स्थानीय जनमानसले आ आफ्नो घर बाट हात उठाई पुर्ण समर्थनको संकेत गरेको नगर सचिब तथा आन्दोलन परिचालन संयोजक गौतम रिजालले जान्कारी दिनुभयो ।

 
 
  
 

You may also like