नेपालमा थप २९ जनामा कोरोना पुष्टि, १७ जना निको भए

काठमाडौं । पछिललो २४ घण्टामा मुलुकभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र ६ सय ५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३८९ पुगेको छ । हाल नेपालमा १ सय ९२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 
 
  
 

You may also like