कांग्रेसले बैठक बोलायो, यस्ता छन् एजेन्डाहरु

by समतल अनलाइन

काठमाडौं । नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने छ । साथमा, भातृ संगठनहरुबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बैठकले तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको जानकारी उनले दिए ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं. २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ । धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ ।

यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।

 
 
  
 

You may also like