१२ औ अन्तराष्ट्रीय एकल महिला दिवसमा रक्तदान

बुटवल । १२ औ अन्तराष्ट्रीय एकल महिला दिवसको अवसरमा बुटवलमा वृहत रक्तदान गरि मनाइएको छ । ‘अदृश्य महिला, अदृश्य समस्याहरु’ नारासहित मानव अधिकारका लागि महिल एकल महिला समुह रुपन्देहीले विहिबार वृहत रक्तदान कार्यक्रम गरि मनाएको हो ।
प्रत्येक वर्ष जुन २३ गते विश्वभर दिवस मनाईदै आएको छ ।कार्यक्रममा समुहकी प्रदेश अध्यक्ष जानकी घिमिरेले उद्घाटन गर्दै सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा थोरै भएपनि सहयोग हुने रुपमा कार्यक्रम गरिएको बताए ।

समुहकी जिल्ला अध्यक्ष राधिका श्रेष्ठले समाजमा पहिलेको तुलनामा एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताईन । एकल महिलाहरु आर्थिक रुपमा सबल हुदा उनिहरुको सामाजिक अस्तित्व फरक हुने उनको तर्क छ ।

कुर्भे वेष्ट्रो परियोजनाको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको रुपन्देही जिल्ला सचिव रिता सेन बताईन । कार्यक्रममा ८९ युनिट रगत संकलन भएको उनले बताईन ।

 
 
  
 

You may also like