मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा रक्तदान

३१ जेष्ठ २०७९, मंगलवार

बुटवल ।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा रक्तसञ्चार केन्द्र बुटवलमा रगतदान भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रगतलाइ निशुल्क उपलब्ध गराउन प्रदेश सरकारले यसअघि पनि बजेट छुट्टाएको भन्दै त्यसको कार्यान्वयनमा समन्वयकारी भूमिका खेल्ने बताए । उनले रगत दिनु भनेको मानिस स्वस्थ रहेको प्रमाण र अरुको जीवन बचाउन सक्ने सामर्थ्य रहेको प्रमाण भएको समेत बताए ।

अवसरमा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले रगत निशुल्क उपलब्ध गराउने ब्यबस्था मिलाउन सरकारसँग माग गरे । कार्यक्रममा शशस्त्र प्रहरी नायव उपरिक्षक सुरज पाण्डेले समाजले सकारात्मक सामाजिक काम गरेकोमा खुसी जनाए ।

शान्ति समाजका रुपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा २० युनिट रगत संकलन भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया