स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा न्यु लाईट बोर्डिङका एक शिक्षकको मृत्यु

बुटवल । तिलोत्तमाको बिगचियर रिर्सोटमा स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमाको न्यू लाइट बोर्डिङ स्कूलका एक शिक्षकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

पौड्याल सोमबार तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्न साथीहरु संग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी श्रोतका अनुसार सन्दिपसंग संगै पौडी खेल्न गएका साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।

 
 
  
 

You may also like