अनुदानका कार्यक्रमहरु आएपछि गुल्मीमा पशुपालन गर्ने व्यसायिकहरुमा आकर्षण बढ्दै

निरु थापा
बुटवल । गुल्मीमा व्यवसायिक रुपमा भैँसी पालन तर्फ आकर्षण बढन थालेको छ । भैँसीको दुधको मूल्य माग भन्दा बढी हुने भएपछि त्यस तर्फ व्यवसायतर्फ आकर्ष बढदै जान थालेको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढिराखेको समयमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वाड नम्बर ४ का राजु थापाले गाउँमै भैँसी पालन गरेर मनग्य आम्दानी गरेका छन् । यस्तै गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ निवासी नर बहादुर गाहाले कतारको जागिर छोडेर अहिले गाउँमै भैँसी पालन गरेरै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

स्वदेशमा गरे के हुदैन् भन्ने राम्रो उदाहरण समाजमा बनेका गाहाले आफू जस्तै अन्य युवाहरुलाई पनि स्वदेशमै सानो व्यवसाय सुरुवात गरे वैदेशिक रोजगारमा जानु नपर्ने उनी बताउछन् । तर गुल्मीमा वैदेशिक रोजगारमा जाने युवाहरु धेरै रहेका छन् । तर गुल्मीमा केही यस्ता व्यवसायी छन् जसले भैँसी पालन गरेरै स्वदेशमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने दरिलो उदाहरणी पात्र नर बहादुर गाहा बनेका छन् ।
उनले बाख्रा पालनबाट सुरु गरेको व्यवसायमा अहिले ७ वटा भैँसी र ५ वटा बाख्रा पालन गदै आएका छन् । गत वर्ष बाट सुरु गरेका दुध व्यवसायबाट मासिक रु ४० देखि ४५ हजार सम्म नाफा हुन थालेको उनी बताउछन् ।

भैैसी पालनबाट घर खर्च गर्न समस्या नपरेको ग.ाहाको भनाई छ । एउटा भैैसीले लगभग ४ लिटर भन्दा बढी दुध दिन्छ । गाहाको फर्ममा हाल भैसीको दुध लगभग २५ देखि ३० लिटर दुध उत्पादन हुन्छ उत्पादित दुध स्थानीय दुध डेरी र गुल्मीको तम्घास बजारमा वेच्ने गरेको उहाँको भनाई छ ।

भैँसीको दुध प्रति लिटर ९० रुपियाँ पर्दछ भने माग पनि बजारमा धेरै छ । थौरै लगानीबाट व्यवसायिक भैँसीपालन सुरु गरेका नर बहादुर गाहाले व्यवसायलाई व्यवस्थित गरेरै अगाडि बढाउने सोच रहेको बताए । गाहाको भैँसी पालनमा आफनै घरपरिवार र अन्य दुई जनाले रोजगार पाएका छन् । कृषि तथा पशुपालन व्यवसायिक कृषकलाई सरकारले विभिन्न सहुलियत तथा अनुदानका कार्यक्रमहरु ल्याय पछि यस्ता व्यवसायहरु संचालन गर्न अझै सहज भएको गाहाको भनाई छ भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गल्मीका निमित्त प्रमुख भरत काफलेका अनुसार गुल्मी जिल्लामा पशुका लागि अनुदान करिब रु ५ करोड आएको र त्यसमा मध्ये पनि विभिन्न पालिका स्तरमा तोकिएर आएको काफले बताउछन् । सोही रकम गुल्मी जिल्लाका विभिन्न गाउँपालिका अन्तर्गत रुरु गाउँपालिकामा रु १५ लाख , सत्यवति गाउँपालिकामा रु ३० लाख , धुरकोट गाउँपालिकामा रु २५ लाख र इस्मा गाउँपालिकामा रु १० लाख अनुदान पहिले नै तोकिएर आएको र मुसिकोट नगरपालिकाका लागि रु २० लाख अनुदान रहेको भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र गुल्मीका प्रमुख काफले जानाकारी दिनु भयो । त्यस्तै गाईगोठ बनाउन समेत रु १ लाख अनुदान दिइने भएकाले पछिल्लो समय अन्य विभिन्न व्यवसायहरु भन्दा पशुपालनमा आकर्षण बढन थालेको छन् भने पशुपालक किसानहरु पनि सफल भएका छन् ।

 
 
  
 

You may also like